सुर्खेतको रानीवसमा हुने राष्ट्रपति रनिङ शिल्डकालागि छनोट खेल सुरु।

0

यही चैत २७ गते देखी २९ गते सम्म सुर्खेतको रानिबासमा हुने १० औ राष्ट्रपति रनिङग शिल्डको तयारी अन्तिम चरणमा पुगेको छ।

जिल्ला खेलकुद विकास समितिले आज सुर्खेतको बीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

प्रतियोगितामा सुर्खेतका विभिन्न ठाँउका ९ सय भन्दा धेरै खेलाडीहरुले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

प्रतियोगितमा भलिवल, उसु, तेक्वान्दो, कराँते, एथ्लेटिक्स र कबड्डी गरी ६ खेलमा प्रतिस्पर्धा हुने भएको छ।

प्रतियोगीतामा भलिबल र कबडीमा समान १८ स्वर्ण, १८ रजत र १८ काँस्य पदक दिने भएको छ भने उसु र तेक्वान्दोमा पनी समान ६ स्वर्ण, ६ रजत र १२ काँस्य, दिर्इने भएको छ।

यस्तै  कराँतेमा ८ स्वर्ण, ८ रजत र १६ काँस्य, एथलेटिक्समा ३८ स्वर्ण, ३८ रजत र ३८ काँस्य पदक सहित १३२ काँस्य पदक हस्तान्तरण गरिने भएको छ।

प्रतियोगीता संचालनको लागी लागी झन्डै १२ लाख ५० हजार रकम आवश्यक पर्ने  खेलकुद समितिका कोषाध्यक्ष वीरबहादुर रावतले जानकारी दिनुभयो।

उहाँले सुर्खेतका ९ वटा स्थानिय तहबाट करिब ११ लाख सहयोग जुटिसकेको भन्दै प्रतियोगिता सम्पन्न गर्न अझै १ लाख रकम अपुग रहेको बताउनुभयो।

यसैबिच प्रतियोगिताको लागी आज देखी सुर्खेतका ६ वटा स्थानबाटै खेलाडीहरुको छनौट शुरुभएको छ।

सुर्खेतका क्षेत्र नम्बर १ का ३ स्थान र २ का ३ स्थानमा विभाजन गरेर खेलाडी छनौट भर्इरहेको समितिका अध्यक्ष  चन्द्रकुमार गिरीले बताउनुभयो।

उहाँले दुबैठाँउबाट छनौट भएका खेलाडीहरुले प्रतियोगीताको लागी रानिबासमा प्रतिस्पर्धा गर्नपाउने भएका छन।

उहाँले प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको भन्दै केहीदिनमै सबैकाम सकिने बताउनुभयो।

उहाँले खेलकुदक्षेत्रमा लगानी गर्न नस्कदा खेलक्षेत्रको बिकास हुन नसकेको भन्दै खेलक्षेत्रको विकासको लागी सहयोग गर्न सबैसंग आग्रह गर्नुभयो।

यस्तै आयोजक जनता माध्यमिक विधालयका रानीवासका प्राधानाध्यापक विनोद यादवले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आफुहरु खेलाडीलाई स्वागत गर्न आतुर रहेको बताउनुभयो।

उहँले ग्रामिण ठाँउमा यति ठुलो प्रतियोगीता संचालन गर्न पाएकोमा खुशी व्यक्त गर्दै प्रतियोगीमा सहयोग गरिदिन सबैसंग आग्रह गर्नुभयो।

प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गर्ने जनाएको छ।

 

 

Share.

About Author

Leave A Reply