सुर्खेतमा अझैपनि करिब ३० प्रतिशत सुत्केरी स्वास्थ्य संस्था बाहिर हुने गरेको सरकारी तथ्याँक।

0

वैशाख–४सुर्खेत।सुर्खेतमा अझैपनि करिब ३० प्रतिशत स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने गरेको पाइएको छ।सुर्खेतमा ७० प्रतिशत मात्रै स्वास्थ्य संस्थामा आउने गरेको र अझैपनि ३० प्रतिशत घरमै सुत्केरी हुने गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराई बाल तथा मातृ मृत्युदर घटाउनकालागि सरकारले गर्भवती अवस्थामा चार पटक स्वास्थ्य जाच र स्वास्थ्य संस्थामा सुत्केरी गराएवापत गरी एक मुष्ठ १४ सय रुपैया दिने गरेको छ।स्वास्थ्य संस्थासम्म पुग्न भौगोलिक कठिनाई, जनचेतनाको कमी, आर्थिक यातायातको पहुँच नहुनु जस्ता कारणले अझै कतिपय महिला घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ।यसैगरी सुर्खेतमा कुपोषित बालबालिकाको संख्या पनि बढ्दै गएको पाइएको छ।चालु आर्थिक बर्षको ६ महिनामा २३ महिनासम्मका ६ हजार ३२४ बालबालिकाको तौल लिंदा ३३० जनामा कुपोषण भएको पाइएको छ।विगतका बर्षहरुमा बालबालिकाहरुले प्राप्त गर्ने विभिन्न रोगका खोपको संख्या बढेपनि निरन्तरतामा भने कमी आएको कार्यालयको भनार्इ छ।

Share.

About Author

Leave A Reply