सुर्खेतमा अझैपनि ३० प्रतिशत सुत्केरी स्वास्थ संस्थाको पहुच बाहिर।

0

सुर्खेत फागुन ३०।सुर्खेतमा अझैपनि ३० प्रतिशत भन्दा धेरैले स्वास्थ्य संस्था बाहिर सुत्केरी गराउने गरेको पाएको छ।
सरकारले स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनका लागि बर्षेनी करौडौ रकम खर्च गरेपनी त्यो व्यवाहारमा लागुहुन सकेको छैन।
स्वास्थ्य संस्थामा सुत्केरी गराई बाल तथा मातृ मृत्युदर घटाउनका लागि सरकारले गर्भवती अवस्थामा चार पटक स्वास्थ्य जाच र स्वास्थ्य संस्थामा सुत्केरी गराएवापत गरी एक मुष्ठ १४ सय रुपैया दिने गरेको छ।
तर सुर्खेतमा ७० प्रतिशत मात्रै स्वास्थ्य संस्थामा आउने गरेको र अझैपनि ३० प्रतिशत घरमै सुत्केरी हुने गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले सुर्खेतले जनाएको छ।
स्वास्थ्य संस्थासम्म पुग्न भौगोलिक कठिनाई, जनचेतनाको कमी, आर्थिक दुरावस्था, यातायातको पहुँच नहुनु जस्ता कारणले अझै कतिपय महिला घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको छ।
स्वास्थ्य संस्थामा शतप्रतिशत सुरक्षित प्रसुति गराउन अझै नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी बसन्तमान श्रेष्ठले बताउनुभयो।
मध्यपश्चिम क्षेत्रीय अस्पताललगायतका स्वास्थ्य संस्थाहरुमा करिव ८७ प्रतिशत सुरक्षित प्रसुति भएको र त्यसमा सुर्खेतका मात्रै झण्डै ७० प्रतिशत रहेको उनको भनार्इ छ।
चालु आर्थिक बर्षको ६ स्वास्थ्य संस्थामा आएर सुरक्षित प्रसुति गराएवापत महिनामा ३८ लाख ४१ हजार रुपैया वितरण गरिएको छ।

Share.

About Author

Leave A Reply