सुर्खेतमा कुपोषीत बालबालीकाहरुको संख्या घट्यो ।

0

असोज १५ सुर्खेत ।सुर्खेतको बीरेन्द्रनगरमा पोहरको तुलनामा कुपोषीत बालबालीकाहरुको संख्या घटेको पाईएको छ।आर्थिक वर्ष २०७३–०७४ मा ५३ जना बालबालीका कुपोषीत भएको पाईएकोमा २०७४–०७५ मा ३७ जना बालबालीकामा कुपोषणको समस्या देखिएको हो।आजदेखि सुरुभएको नगरपालिका स्तरीय वार्षिक समिक्षा गोष्ठिमा नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य जाँच गराएका बालबालीकाहरुमा कुपोषणको अवस्था घटेको पाइएको हो।यस्तै नगरपालिकामा गतवर्ष ६ सय ७७ जना महिला २० वर्ष भन्दा कम उमेरमा गर्भवति भएको पाईएको छ।आर्थिक वर्ष २०७४– ०७५ मा पहिलो पटक गर्भ जाँच गरेका ३ हजार ९ सय ७७ जना महिला मध्य ६ सय ७७ जना महिला २० वर्ष मुनिका रहेको नगरपालिकाको तथ्यांक रहेको छ।यता गोष्ठिमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर खड्काले स्वास्थ्य शाखाबाट सम्पादन भएका कार्यक्रमहरु प्रभावकारी भएको भन्दै आउँदा दिनमा थप सहकार्य हुनुपर्ने बताउनु भयो ।गोष्ठिमा सामाजिक समितिका संयोजक यमुना नेपालीले स्वास्थ्य सम्बन्धी महत्वपूर्ण निति कार्यक्रमभए पनि बजेट कम भएको बताउनुभयो।उहाँले अब स्थानीय तहहरुले प्रदेश सरकार सँग समन्वय गरेर कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो।

Share.

About Author

Leave A Reply