सुर्खेतमा गाइ मारिएको घटनाबारे छानबिन समितिले काम थाल्यो।

0

भदाै २६, सुर्खेतमा सामूहिक रुपमा गाइ मारिएको घटनामा गृह मन्त्रालयले घटनाको छानबिन समितिले आजबाट काम थालेको छ ।

गृह मन्त्रालयका उपसचिव सागरमणी पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समितिले छानबिनको काम सुरु गरेको जनाएको  छ ।

बाँकेको नेपालगन्जबाट ल्याएर सुर्खेतको कटकुवा लगाएत विभिन्न क्षेत्रका गार्इ मारिएको घटको सर्वत्र  निन्दा भएपछि गृहमन्त्रालयले यसबारे चासो देखाएको हो  ।

समितिलाइ १५ दिनभित्र सत्य तथ्य बुझि कुन व्यक्ति पदाधिकारी वा निकायको संलग्नता रहेको छ भन्ने बारे प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

गृहमन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीले जारी गरेको बिज्ञप्तिमा नेपालगन्जका विभिन्न कान्जीहाउसमा रहेका ३७० वटा गाइ गोरु र बाच्छा बाच्छी नगर प्रहरीको कमान्डमा स्थानिय निकायको समन्वयमा सुर्खेत हुँदै दैलेख लैजान लागिएको उल्लेख छ।

सुर्खेत कटकुवा ब्यूरेनी लगाएतका ठाउँमा गरी ३० वटा भन्दा बढी गाइ गोरु र बाच्छा मरेका छन जिउँदा २४० वटा जतिलार्इ नेपालगन्ज फिर्ता पठाइएको छ ।

दोषी सबैलाइ कारवाही हुने मन्त्री राइ

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले दोषीलाइ कारवाही हुने बताउनु भएको छ।

नेपालगन्जमा भएको पत्रकार सम्मेलनमा उहाँले गृह मन्त्रालयले यो घटनाको छानबिन गर्न समिति गठन गरिसकेकाले समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही हुने बताउनु भयो।

राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ।

नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटो मै मारिनु दुःखद भएको भन्दै उहाँले यसबारे सर्वदलीय छलफलका साथै सबै प्रक्रिया पुर्‍याएको भए यस्तो दुःखद घटना नहुने बताउनु भयो ।

नेपालगन्ज निवासी मन्त्री राईले विकास निर्माणमा आफूले कहिल्यै पनि धर्म, जात र राजनीतिक आस्थालाई हाबी हुन नदिएको दाबी पनि गर्नुभयो ।

 

 

 

Share.

About Author

Leave A Reply