सुर्खेतमा चालु आर्थिक बर्षको चार महिनामा लागुऔषध सम्बन्धी ३१ वटा मुद्धा दर्ता ।

0

मंसीर १५ सुर्खेत।कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको बसपार्कमा हुँदै आएको यात्रुको असहजतालाई शतप्रतिशत अन्त्य गरेको सुर्खेत प्रहरीले दाबि गरेको छ।वीरेन्द्रनगर ६ मा निर्माणाधिन रहेको बसपार्क निर्माण कार्य सम्पन्न नहुँदा मंगलगढि चौक नजिकै अस्थायी रुपमा संचालनमा रहेको बसपार्कमा यात्रुहरुले भोग्दै आएको असहजतालाई अन्त्य गरेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले दाबि गर्नुभयो।एसपी रजौरेले प्रहरीको सक्रियताबाट यातायात व्यवसायीहरुको यात्रु तानातान, अटो व्यवसायीहरुको मनपरीलाई रोक्न सफल भएको बताउनुभयो।जिल्ला प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वीरेन्द्रनगर बजार क्षेत्रलाई सुरक्षीत शहर बनाउनको लागी वीरेन्द्रनगरको प्रवेशद्धार सुब्बाकुना र बांगेसीमलमा चेकजांचमा कडाई गरिएको प्रहरीले जनाएको छ ।यस्तै प्रहरीले अहिले जिल्लाभर जनचेतना मुलक कार्यक्रम, अबैध घरेलु मदिरा नष्ट गर्ने कार्यमा सक्रीयता बढाईरहेको रजौरेको भनाई छ ।यसैबिच सुर्खेत प्रहरीले ४ महिनाको अवधिमा लागुऔषध सम्बन्धी ३१ वटा मुद्धा दर्ता भएको जनाएको छ।४८ जना पुरुष र ४ जना महिना गरी ५२ जना विरुद्ध मुद्धा दर्ता भएको प्रहरीले जानकारी दिएको छ।प्रहरीले ३६ दशमलब छ चार ग्राम ब्राउन सुगर र ११ दशमलब ५ सय ग्राम गाँजा बरामद गरिएको जानकारी दिएको हो।प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थहरुको अवैध निकासी गर्ने काममा संलग्न भएका ३१ सवारी साधनलाई कारबाहीका लागि सम्बन्धीत स्थानीय तहमा पठाएको जनाएको छ।प्रहरीले २२ वटा ट्याक्टर, ५ वटा टिप्पर, ३ वटा ट्रक र एउटा जेसीबिलाई सम्बन्धीत स्थानीय तहमा पठाईएको हो।यसैबिच जिल्ला प्रहरी कार्यालय सुर्खेत जिल्लाभर अपराध नियन्त्रण तथा अनुसन्धानमा महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रहरी चौकी बड्डीचौर र अस्थाई प्रहरी चौकि लगामलाई पुरस्कृत गरेको छ।

 

 

 

 

Share.

About Author

Leave A Reply