सुर्खेतमा छाडापशुको ब्यवस्थापन गर्न गणना शुरु।

0

असोज १ -सुर्खेत।सुर्खेतमा रहेका छाडापशुको ब्यवस्थापन गर्न गणना शुरु गरिएको छ।

कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले छाडापशुको ब्यवस्थापन गर्न गठन गरेको कार्यदलले सुर्खेतमा मंगलवार देखि छाडापशुहरुको गणना शुरु गरेको हो।

शुरु गरिएको गणनामा पहिलो दिनमा एक सय ४२ वटा छाडा पशुहरु भेटिएका मन्त्रालयले जनाएको छ।

वीरेन्द्रनगर नगरपालिकाको भेरी पुल देखि वाङ्गेसिमल खण्डमा ८५ छाडापशुहरु भेटिएको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक तथा कार्यदलका संयोजक डाक्टर टंक प्रसाद प्रसाइले जानकारी दिनुभयो।

संयोजक प्रसाईका अनुसार सुर्खेतको वाङ्गेसिमल देखि रानीघाट सम्मको सडक खण्डमा ५७ वटा गाइहरु भेटिएको बताउनुभयो।

वाङ्गेसिमल देखि रानीघाट सम्मको सडक खण्डमा भेटिएका अधिकांश गाइहरु गौशाला भित्रका रहेको प्रसाईको भनाई छ।

सुर्खेत लगाएत कर्णाली प्रदेशका अन्य ठाँउमा वेवारिसे रुपमा छोडिएका छाडापशुहरुको दिर्घकालीन ब्यवस्थापन गर्न कार्यदलले छाडापशुहरुको गणना शुरु गरेको प्रसाईले वताउनुभयो।

वीरेन्द्रनगर आसपासमा रहेका छाडापशुहरुको गणना गरेर ब्यवस्थापनका लागी सुझाव सहितको प्रतिवेदन मन्त्रालयलाई वुझाइने उहाँले जानकारी दिनुभयो।

वीरेन्द्रनगर २ रानीघाटको गौशाला आसपासमा ५७ गाइहरु भेटिएपनि रानीघाटमै भएको गौशालामा भने ८० देखि ९० जति गाइहरु आउने गरेको स्थानीय देविसरा विकले वताउनुभयो।

छाडापशुहरुको उचित ब्यवस्थापनका लागी ब्यवस्थीत गौशालाको निमार्ण गर्नुपर्ने सुर्खेतका पशु अधिकारकर्मी कृष्ण ढकालले वताउनुभयो।

भाद्र १२ गते राती सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको १४ कटकुवा तथा आसपासका सडक छेउछाउका क्षेत्रमा बेबारिसे छोडिएका ३९ वटा गाइहरु मरेका थिए।

उचित ब्यवस्थापन गर्न मन्त्रालयको अगुवाइमा ७ सदस्यीय कार्यदल गठन गरिएको थियो । १५ दिन भित्र आफनो राय सहितको प्रतिवेदन मन्त्रालयलाई पेश गर्न कार्यादेश दिइएको छ।

Share.

About Author

Leave A Reply