सुर्खेतमा झन्डै सात हजार जना क्वारेटाइनमा बसेको सरकारी तथाङक।

0

जेठ १८,सुर्खेतका आजसम्म सात हजार जना क्वारेटाइनमा रहेको स्थानिय प्रशासनले जनाएको छ।

कोरोना भाइरसको जोखिम नियन्त्रणका लागी बाहिरबाट आउनेहरुको सुरक्षित व्यवस्थापन गर्नका लागी बनाइएका कवारेन्टाइनमा बस्नेको संख्या ६ हजार ९ सय ८३ पुगेको छ।

लकडाउनको अवधिभरमा भारत लगायत विभिन्न स्थानहरुबाट जिल्लामा भित्रिने नागरिकहरुको उचित व्यवस्थापनका लागी उनीहरुलाई विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा राखेर आवश्यक चेकजाच गर्ने गरिएको छ।

हालसम्म वीरेन्दनगरको खुलामञ्चमा रहेको क्वारेन्टाइनमा १ सय ३७ जना, वीरेन्द्रनगरका अन्य स्थानमा ५ सय ८३ जना रहेका छन।

यस्तै पञ्चपुरी नगरपालिकामा ६ सय ७ जना, लेकबेसीमा ५ सय १२ जना ,चौकुनेमा ५ सय ९९ जना भेरीगंगामा ५ सय ९० जना, गुर्भाकोटमा ९ सय ५७ जना रहेका छन।

सबै भन्दा धेरै सिम्तागाँउपालिकामा १ हवार ९ सय ४१ जना रहेका छन  भने बराहतालमा ५ सय ३ जना र चिङगाढ गाउपालिकामा ६ सय ५५ जना रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सुचना अधिकारी पदमलाल लामिछानेले बताउनु भयो।

जिल्ला बाहिरबाट गाउँ भित्रिनेको संख्या दिनदिनै बढन थालेपछि जिल्ला प्रशासन कार्यालयले सम्पुर्ण स्थानीयतहलाई प्रत्येक वडाबाट बाहिर रहेका मान्छेहरुको तथ्याङक संकलन गर्ने आदेश जारी गरेको छ।

अझै ८ देखि १० हजार नागरिक भारतबाट सुर्खेत जिल्ला भित्रिने प्रारम्भीक आंकलन गरेको उहाँले बताउनुभयो।

पालिकाहरुले दिएको तथ्याङक अध्ययन गरेपछिमात्र सुर्खेत जिल्लामा कति भित्रिन सक्छन भन्ने एकिन हुने सुचना अधिकारी लामिछानेले बताउनु भयो।

वीरेन्द्रनगरको खुल्लाचौरमा रहेको क्वारेन्टाइनमा कर्णाली प्रदेशका अन्य जिल्लामा जाने  नागरिकहरु  रहेका छन।

खुल्लामञ्चमा तयार पारिएको क्वारेन्टान प्रदेश सरकारको आग्रहमा नेपाली सेनाले व्यवस्थापनको जिम्मा लिएको छ।

अन्य स्थानमा क्वारेन्टाइनको व्यवस्थापन लगायतका सम्पुर्ण जिम्म्मेवारी स्थानीय पालिकाको रहेको छ।

Share.

About Author

Leave A Reply