सुर्खेतमा दृष्टिविहिन प्रतियाेगिता सम्पन्न ।

0

भदौ १७ सुर्खेत।सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक दृष्टिविहीन क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा शिखर माध्यमिक विधालय रामघाट विजयी भएको छ ।वागेश्वरी मावि राकमलाई ४१ रनले पराजित गर्दै शिखर मावि रामघाट प्रतियोगीताको विजेता भएको हो ।बिजेता रामघाटले नगद ५ हजार पाएको छ भने उपविजेता राकमले नगद ३ हजार सहित टफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले गर्दै फरक र विशेष क्षमता भएकाहरुकालागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।कार्यक्रममा नेपाल नेत्रहीन संघ कर्णाली प्रदेश अध्यक्ष सुरेश खड्काले दृष्टिविहीनहरुको प्रतिभा उजागर गर्नकालागि सबैको सहयोगको अपेक्षा रहेको बताउनु भयो ।आयोजक पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भीम भण्डारीले स्थापना दिवसको अवसरमा रचनात्मक काम गरिएको भन्दै यसलाई निरन्तरता दिने बताउनु भयो ।

Share.

About Author

Leave A Reply