सुर्खेतमा ६ महिनामा ३३० जना नयाँ बालबालीकामा कुपोषणको समस्याः

0

फागुन ३० सुर्खेत।सुर्खेतमा पछिल्लो ६ महिनामा ३ सय ३० जना नयाँ बालबालीकामा कुपोषणको समस्या देखिएको छ।
चालु आर्थिक वर्ष २०७४÷२०७५ को साउनदेखि पुससम्म जिल्लामा रहेका स्वास्थ्य संस्था तथा अस्पतालमा चेकजाचकालागि आईपुगेका मध्य ३ सय ३० जना बालबालीकाहरुमा कुपोषण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ।
आर्थिक वर्ष २०७३÷२०७४ मा १ वर्षमा १सय ७५ जना कुपोषित बालबालिका फेला परेकोमा यो वर्ष भने ६ महिना मै झण्डै दोब्बर कुपोषित बालबालिका भेटिएका हुन्।
जिल्ला जनस्वास्थ कार्यलयका सूचना अधिकृत बसन्त श्रेष्ठले कुपोषण न्युनिकरणकालागि सरकारी तथा गैरसरकारी निकायबाट थुप्रै कार्यक्रम संचालन भएपनि कुपोषित बालबालीकाको संख्या भने दोब्बरले बढेको बताउनु भयो।
जिल्लामा पोषणको क्षेत्रमा सुआहारा, कृषि तथा खाद्यय सुरक्षा कार्यक्रम संचालन भएपनि गरिबी र अशिक्षाको कारण खानपानमा ध्यान नदिँदा बालबालिकाहरुमा कुपोषणको समस्या बढेको उहाँको भनार्इ छ ।
समग्र कर्णाली प्रदेश मै कुपोषित बालबालीकाहरुको संख्या बढिरहेको समयमा सुर्खेतमा पनि कुपोषित बालबालिकाको संख्या पछिल्लो ६ महिनामा ह्वात्तै बढेको हो ।
कुपोषित भेटिएका बालबालीकाहरु २३ महिना भन्दा मुनिको भएको र ३ सय ३० मध्य ३८ जना बालबालिका अति जोखिममा रहेको श्रेष्ठको भनाई छ ।
अहिले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सहित जिल्लाका ५१ वटा स्वास्थ्य संस्थामा कुपोषणको परिक्षण गर्ने र कुपोषण देखिएमा थप उपचारका क्षेत्रीय अस्पताल कालागाउँमा उपचारका लागि ल्याउने गरिएको छ ।
सुचना अधिकारी श्रेष्ठले जिल्लामा अझै पनि २५ प्रतिशत बालबालीकाले सबै प्रकारका खोप पाउन नसकेको बताउनु भयो ।

Share.

About Author

Leave A Reply