सुर्खेतमा पहिलो पटक तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टी।

0

जेठ १०,सुर्खेतमा आज पहिलो पटक तिन जनामा कोरोना भार्इरसको संक्रमण पुष्टी भएको छ।

सुर्खेतमा गरिएको पीसीआर परीक्षण पोजेटिभ देखिएपछि पुनःपरीक्षणका लागि नेपालगञ्ज पठाइएको थियो।

नेपालगञ्ज गरिएको पीसीआर परीक्षण पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्मर खड्काले बताउनुभयो।

अस्ती भारतबाट आएका सुर्खेतका तीन जनामा कोरोना संक्रमित पुष्टी भएको हो।

संक्रमित हुनेहरुमा पश्चिम सुर्खेत बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका एक जना रहेको बताएको छ।

तीनै जना संक्रमितहरुलार्इ कोरोना विशेष अस्पताल कालागाउँमा राखिएर उनिहरुको उपचार शुरु गरिएको छ।

उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य छ कोरोना।

बबइमा गरिएको आरडीटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा राखिएको थियो।

यसअघि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको पनि कोरोना विशेष अस्पताल कालागाउँमा उपचार भइरहेको छ।

यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ।

 

Share.

About Author

Leave A Reply