सुर्खेतमा पेट्रोलियम पर्दाथको अभाव नरहेको प्रशासनकाे भनाइ।

0

चैत-४ सुर्खेत ।सुर्खेतमा पेट्रोलियम पर्दाथको अभाव नरहेको जिल्ला प्रशासन कार्यलय सुर्खेतले जनाएको छ।

प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेतका कुनै पनि क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव नदेखिएको स्पस्ट पारेको छ।

वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा गरिएको अनुगमनका क्रममा सबै ठाउँमा प्रयाप्त मात्रमा पेट्रोलियम पर्दाथ रहेको विज्ञप्तिमा जनाईएको छ।

प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाद्धारा हस्ताक्षर विज्ञप्तिमा पेट्रोल पम्प, एलपि ग्याँसका डिलर/सबडिलर लगायतका क्षेत्रमा अनुगमन गरिएको जनाईएको छ।

सुर्खेतमा आबश्यक रहने पेट्रोलियम पदार्थ प्रयाप्त मात्रामा रहेकाले सन्चय गरेर राख्नुपर्ने आबश्यकता नरहेको प्रशासनले जनाएको छ।

केहीदिन अगाडी सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव भएको भन्दै गुनासो आएपछि  प्रशसानले अनुगमन गरीएको हो।

Share.

About Author

Leave A Reply