सुर्खेतमा प्रतिधिनि र प्रदेश सभाका ५८ मध्य चार उम्मेदवारले मात्र चुनाबी खर्च बुझाए।

0

पुष–२० सुर्खेत।गत मंसीरमा सम्पन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा सुर्खेतमा उम्मेद्धवार भएका ५८ मध्य हालसम्म ४ जनाले मात्रै खर्च विवरण बुझाएका निर्वाच कार्यालयले जनाएको छ।चुनावको अन्तिम नतिजा घोषणा भएको ३० दिनभित्र उम्मेद्धवारले आफ्नो चुनावी अभियानमा खर्च भएको यथार्थ विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउने पर्ने कानुनी व्यवस्था रहेको छ।प्रदेश र प्रतिनिधी सभाको अन्तिम नतिजा घोषणा भएको २४ दिन बितिसक्दा ५८ जना उम्मेद्धवार मध्य जम्मा ४ जनाले मात्रै खर्च विवरण बुझाएका हुन्।अहिलेसम्म सुर्खेत प्रतिनिधी सभा क्षेत्र नंबर १ मा नेपाली कांग्रेसबाट उम्मेद्धवार पूर्णबहादुर खड्का, क्षेत्र नंबर २ मा नेपाली कांग्रेसबाट उम्मेद्धवार हृदयराम थानी, प्रतिनिधी सभा क्षेत्र नंबर २ क मा नेपाली कांग्रेसबाट उम्मेद्धवार कमलराज रेग्मी र प्रतिनिधी सभा क्षेत्र नंबर २मा वाम गठबन्धन एमाले उम्मेद्धवार नवराज रावतले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नविन पौडेलले जानकारी दिनुभयो।खड्काको चुनावी खर्च १९ लाख ४९ हजार ५० रुपैयाँ रहेको छ भने थानीको १२ लाख २० हजार, रेग्मीको ३ लाख ८ हजार र रावतको १२ लाख ३ हजार २ सय ५० रुपैया खर्च रहेको छ।२ प्रतिनिधी सभा र ४ जना प्रदेश सभा गरी सुर्खेतमा निर्वाचित भएका ६ जना मध्य १ अहिलेसम्म एकजनाले मात्रै आफ्नो चुनावी खर्च बुझाउनु भएको छ।यस्तै बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा २ हजार ११ उम्मेद्धवार मध्य १ हजार ५ सय ३५ उम्मेद्धवारले मात्रै चुनावी खर्च बुझाएका छन्।

Share.

About Author

Leave A Reply