सुर्खेतमा मानसिक समस्या बढ्दो क्रममा।

0

असोज–२५सुर्खेत।सुर्खेत सहित यसक्षेत्रमा मानसिक रोक जटिल बन्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ।गत आर्थिकबर्षमात्र सुर्खेतमा ११ सय जना भन्दा धेरैले मानसिक सम्बधिको औषधिको सेवन गरेको कार्यालयले जनाएको छ।आर्थिक बर्ष २०७२/७३मा १ सय ८० जनाले यो रोगको सेवा लिएको गत आर्थिक बर्षमा तेब्बरले बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सुचना अधिकारी बसन्तमान श्रेष्ठले जानकारी दिनुभयो।उहाँले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराख्नाले र यो रोगको भरपर्दो उपचार नपाउन बढि समस्या हुने गरेको बताउनु भयो।सामान्य कुरामा पनि तनाव लिँदा भविष्यमा मानसिक रोग लाग्ने भएकाले तनावमुक्त रहन उहाँले सुझाँब दिनुभयो।यसको औषधि जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत निशुल्क रुपमा पाउन सकिने बताउनु भयो।सुर्खेतमा पहिले मेहेलकुना,दशरथपु र सालकोटमा मानसिक रोग सम्बन्धि परामर्स केन्द्र रहेको अहिले सुर्खेतको कुनैपनि ठाँउमा यसको भरपर्दो उपचार नभएको बताउनु भयो।यता क्षेत्रिय अस्पताल काँलागाउमा दैनिक ४० देखी ५० जनाले कुनैन कुनैकिसिमको मानसिक सम्बन्धिको सेवा लिन आउने गरेको अस्पताले जनाएको छ।

Share.

About Author

Leave A Reply