सुर्खेतमा सेडा अन्तरविद्यालय फुटसल प्रतियोगिता हुदै।

0

मंसीर-२६सुर्खेत।

सुर्खेतको बीरेन्द्रनगरमा यही मंसिर २८ गतेदेखी दोस्रो सेडा अन्तरविद्यालय फुटसल प्रतियोगिता संञ्चालन हुने भएको छ।वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर विधालयले यही मंसिर २८ देखी पुस ६ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जनाएको छ।प्रतियोगीतामा सुर्खेतका ५० वटा सामुदायिक तथा निजी विधालयले सहभागीता जनाउने विधालयको अनुमान छ।विद्यालयका प्रधानध्यापक रुपेश भण्डारीले स्व. प्रदीप अधिकारीको स्मृतिमा  फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनुभयो। उहाँले प्रदेशस्तरमै पहिलो पटक सेडा विद्यालयले फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनु भयो।प्रतियोगितामा छात्र, छात्रा र जुनियर गरी ३ वटा विधामा प्रतियोगिता संञ्चालन गरिने प्रधानध्यापक भण्डारीको भनार्इ छ।झन्डै साढे दुर्इलाख खर्च लाग्ने प्रतियोगिताको पुरस्कारको राशी भने  ५० हजार रहेको छ। सेडा आवासीय विद्यालयका संचालक समितिका अध्यक्ष माधवप्रसाद खनालले विद्यालयले आयोजना गर्ने प्रतियोगिता विस्तार गर्दै राष्ट्रव्यापी बनाउने बताउनुभयो। उहाँले फुटसलको विकासका लागि विद्यालयले पनि सहयोग गरेको र आगामी दिनमा पनि यस प्रतियोगितालाई निरन्तरता दिने बाउनुभयो।

Share.

About Author

Leave A Reply