सुर्खेतमा १७ हजार क्विन्टल चामल मौज्दात।

0

चैत -१० सुर्खेत।सुर्खेतमा मात्र १७ हजार क्वीन्टल चामल मौज्दात रहेको नेपाल खाद्य संस्थान सुर्खेतले जनाएको छ।

कोरोना भाइरसको त्रासको कारणले चामल पाउँदैन कि भनेर आत्ति हाल्नुपर्ने अवस्था नरहेको नेपाल खाद्य संस्थान सुर्खेतले जनाएको छ।

सुर्खेतका लागि मात्र १७ हजार क्वीन्टल चामल मौज्दात रहेको छ भने जुम्लामा ३ हजार ९ सय ४८ कालिकोटमा २ हजार ८ सय ८०, डोल्पामा ६ हजार क्वीन्टल मौज्दात रहेको छ।

यस्तै  मुगुमा २ हजार ९ सय , हुम्लामा २ हजार ६ सय जाजरकोटमा ३ हजार ५ सय दैलेख १ हजार ५ सय क्वीन्टल चामल मौज्दात संस्थाले जनाएको छ।

यस्ले करिब २ महिना सम्म खाद्यान्न पुग्ने नेपाल खाद्य संस्थान सुर्खेतका प्रमुख भीमबहादुर थापाले बताउनुभयो।

यसैवीच कर्णाली प्रदेश सरकारले कालोबजारी गर्नेलाइ तत्काल कारवाही गर्ने जनाएको छ।

विपदको समयमा कालोबजारी गर्नेलार्ई कडा कारवाहरी गर्ने भन्दै कहि कतै कालोबजारी गरेको थाहा पाए तत्काल खवर गर्न आग्रह गरेको छ।

अनुगमन कार्यलाइ तिव्रता दिर्ईएको भन्दै त्यसकालागि अनुगमन गर्न ग्राहक बनाएर केही व्यक्तिहरु परिचालन गरिएको सरकारी भनाई छ।

Share.

About Author

Leave A Reply