स्वास्थ्य सम्बन्धिका सबै बिषयगत सेवाहरु स्थानियतहरुबाटै

0

सुर्खेत माघ ६- जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले स्वास्थ्य सम्बन्धिका सबै बिषयगत सेवाहरु स्थानियतहरुलार्इ हस्तान्तरण गरेको छ। आज बीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य सम्बन्धिका सबै सेवाहरु वीरेन्दनगर नगरकार्यपालीकालार्इ जिम्मा लगाएको छ। जिल्ला जनस्वास्थ्य प्रमुख धिरजंग शाहले नगरपालीकाका कार्यकारी प्रमुख कृष्ण खड्कालार्इ प्रमाण प्रत्र सहितको सबैसेवा हस्तान्तरण गर्नुभएको हो। अव जिल्ला जनस्वास्थ्यबाट प्रदान गर्दै आएका सबैकाम बीरेन्द्रनगर कार्यापालीकाबाटै हुने भएका छन। अन्य ठाँउका काम पनि सम्बन्धित स्थानियतहको कार्यालयबाटै हुनेभएको छ। हस्तान्तरण कार्यक्रमको उद्घघाटगर्दै सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य धुर्बकुमार शाहीले स्थानियतहले पाएको जिम्मेवारी कुशलातपुर्बक निभाउनुपर्नेमा जोड दिनुभयो। उहाँले वीरेन्द्रनगरका सबै वडावासीलार्इ स्वास्थ्य सम्बन्धीका सबै सेवा छिटो र प्रभावकारी रुपले बितरण गर्ने सुझाँब दिनुभयो। कार्यक्रममा प्रदेश सभा सदस्य खड्काबहादुर खत्रीले स्थानियतहकाटै सबै कामहरु हुनेभएकाले यसलार्इ प्रभावकारी रूपमा संचालन गर्न सुझाँब दिनुभयो। यस्तै आजै वीरेन्द्रनगर नगरपालीकालार्इ पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरेको छ। वीरेन्दनगर नगरपालीकाका १६ वटै वडाहरुनै पुर्णखोप युक्तवडा घोषणा भएपछी नगरपालीकालार्इ नै पुर्णखोप युक्त नगर घोषणा गरिएको हो। वीरेन्द्रनगरका सबै वडाहरुमा १६ देखी २३ महिनासम्मका १ हजार ७ सय ४० बालबालिकाहरुले सबैप्रकारका खोप पार्इसकेकाले वडालार्इ पुर्णखोप युक्तवडा घोषणा गरिएको नगर स्वास्थ्य संयोजक उदय थापाले जानकारी दिनुभयो। वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देबकुमार सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्यवन समितिका प्रमुख छविलाल सिग्देल वीरेन्द्रनगर नगरपालीका उपप्रमुख मोहनमाया ढकाल लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयहरुको सहभागीता रहेको थियो।

Share.

About Author

Leave A Reply