सुर्खेत,१० असोज । कृषिमा सोचे अनुसारको प्रगती गर्न नसकिएको किसानहरु को गुनासो ।

0

साधन स्रोतको अभावले कृषिमा सोचे अनुसारको प्रगती गर्न नसकिएको सुर्खेतका किसानहरुले गुनासो गरेका छन।माटो परिक्षण, तथा उपचार बिधी बालि संरक्षण एवम रासायनिक तथा विषादी न्युनिकरण तालिममा सहभागी कृषकहरुले यस्तो बताएका हुन।उनिहरुले उत्पादनको लागी साधन र स्रोतको आबश्यकता रहको भन्दै सरकारको त्यसतर्फ ध्यान नपुगेको गुनासो गरेका छन।किसानहरु सरकारले नारा र पोष्टरमा लेखेर मात्र अर्गानिक प्रदेश नहुने भन्दै उत्पादनको लागी स्रोतको व्यवस्थापन गर्नुपर्ने बताएका छन।पछिल्लो समय माटोको उर्बराशक्ति घट्दै गएको प्रति चिन्ता जनाउदै माटो उपचारतर्फ लाग्न सरकारलार्इ आग्रह समेत गरेका छन।कार्यक्रममा कर्णाली सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले माटो परीक्षण गर्न जरुरी रहेको भन्दै परीक्षणको लागी मेसिन उपलब्ध गराउन तर्फ सरकार लाग्ने बताउनुभयो।उहाँले कर्णालीको समृदि कृषिबाटै हुने ठोकुवा गर्दै कर्णालीलार्इ अर्गानिक प्रदेश बनाएर छोड्ने प्रतिबद्ता जनाउनुभयो।मन्त्री केसीले कृषि नेपालको समग्र विकासको आधार भएकाले यसको विकासबिना देश विकास सम्भव नहुने बताउनुभयो।उहाँले बजारीकरणको लागी कृषकलार्इ चिन्ता नलिन आग्रह गर्दै कृषले उत्पादन गरेको वस्तुको जिम्मा आफुले लिने बताउनुभयो।कार्यक्रममा मातृभुमि कृषि सामाग्रीका अध्यक्ष विष्णु चापागार्इले रासायनिक मल तथा विषादीको प्रयोगले सुर्खेत लगायत कर्णाली प्रदेशको माटोमा अम्लीयपन बढ्नेको बताउनुभयो।उहाँले कर्णाली सरकारलार्इ कृषि सडक निर्णमामा लगानी गर्नुभन्दा पहिले माटोको उपचार गर्नतर्फ लाग्न सुझाब दिनुभयो।कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसीले  कृषिको विकासका लागि कृषिजन्य उद्योगहरूको विकास हुनु आबश्यकता रहेको भन्दै यसतर्फ सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो।कार्यक्रममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष पंञ्चकला रावतले किसानले उत्पादन गरेको तरकारी बजार नपाउदा समस्या हुने गरेको बताउनुभयो।उहाँले कृषिक्षेत्रको विकासको लागी कृषि मन्त्रालयले कृषि विज्ञ गठन गरेर कृषिको सम्भाव्यता अध्यन गर्न जरुरी रहेको बताउनुयभयो।कार्यक्रममा वीरेन्द्रनगर नगरपालीका वडा नम्बर २ का अध्यक्ष बलबहादुर रोकाय,सुर्खेत स्थित विभिन्न कृषि संस्थाहरुको सहभागीता रहेको थियो।

Share.

About Author

Leave A Reply