सुर्खेत उपत्यकामा दैनिक साढे २८ लाख लिटर पानी अपुग।

0

पुष–२३सुर्खेत।सुर्खेत उपत्यकामा अहिले पनि दैनिक २८ लाख ५१ हजार २ सय लिटर पानी अपुग रहेको सुर्खेत उपत्यका खानेपानी उपोभक्ता सँस्थाले जनाएको छ।सँस्थाले वीरेन्दनगर गरेको पत्रकार भेटघाट कार्यक्रममा सुर्खेत उपत्यकामा अहिले १ सय ४१ लिटर प्रतिसेकेन्डका दरले पानी प्रयोग भर्इरहेको जनाएको छ।सँस्थाले अवको दुर्इबर्ष भित्र वीरेन्द्रनगरका सबैठाँउमा सहज रुपमा खाने वितरण गरेर ३५ हजार घरधुरीलार्इ खानेपानी बितरण गर्ने जनाएको छ।संस्थाले अहिले झुप्राखोला, र्इत्रामखोला, खोर्केखोला, खरिखोला, बोरिखोला, बुलबुले काठकुवाबाट खानेपानी बतिरण गरिरहेको जनाएको छ।कार्यालयले उपत्यकाको दिर्घकालिन खानेपानी समस्याको लागी अहिले भेरीको पानी पम्पिङ गरेर उपत्यकामा ल्याउने काम समेत शुरु गरेको जनाएको छ।भेरीको पानी प्रति सेकेन्ड सात सय लिटरका दरले उपत्यकामा ल्याउने काम शुरु भर्इसकेकाले अवको केही बर्षमा उपत्यकामा पानीको समस्या नहुने सुर्खेत उपत्यका खानेपानी सँस्थाका अध्यक्ष कुलमणी देबकोटाले जानकारी दिनुभयो।उहाँले गतबर्षहरुमा खडेरीको समयमा ९६ घन्टा सम्म पानीको अभाव हुने गरेकोमा यो बर्षको खडेरीमा २४ घन्टाको फरकमा पानी बितरण गरिने उल्लेख गर्नुभयो।खरिखोला बोरीखोलाको मुहान बाट प्रति सेकेन्ड २२ लिटरका दरले पानी ल्याए सँगै खानेपानीको समस्या केही रुपमा भएपनी कम भएको अध्यक्ष देबकोटाले जानकार दिनुभयो।अहिले खानेपानी उपभोक्ता सँस्थाले १५ हजार ३ सय ७६ वटा धारा बितरण गरेरको छ भने २ हजार १ सय १५ वटा धारा जडानको प्रकृयामा रहेको जनाएको छ।यस्तै संस्थाले सेवाग्रहायीको समस्यालार्इ मध्यनजर अबको एक बर्षभित्र घरबाट महसुल तिर्ने व्यवस्था गर्न लागेको जनाएको छ।

Share.

About Author

Leave A Reply