सुर्खेत उपत्यका खानेपानी संस्थामा रहेको विवाद टुङगियो।

0

कार्तिक ६ गते,सुर्खेत सुर्खेत उपत्यका खानेपानी संस्था भित्र रहेको विवाद टुङगिएको छ।

दुइदिन सम्ममा वीरेन्द्रनगरमा बसेको सर्बदलिय बैठकले मुलसमिति, कर्मचारी, स्कीम पदाधिकारीहरु बिचमा रहेको विबाद सल्टाएको हो।

विवाद समाधानको लागी सम्बाद समुहले संस्थाका मुलसमिति,स्कीम पदाधिकारीसंग छलफल गरेर विबाद किनारा लगाएको छ।

बैठकले विभिन्न सात वटा विषयमा निर्णय गरेको छ।

यस अघि मुलसमितिले कार्यालय प्रमुख डम्मर गौतमलाइ कारवाही गर्ने,पदबाट घटुवा गर्ने कार्यालय प्रमुख बाट हटाउने निर्णयलार्इ सर्बदलिय बैठकले बदर गरेको छ।

अव कार्यालय प्रमुखम गौतम नै यथावद रहनु हुने छ भने उहाँ विरुद्ध गरिएका सबै निर्णय बदर गरिएको छ।

अन्य कर्मचारीको हकमा भने पदपुर्ति समितिले गरेको निर्णयलाइ सदर गर्ने निर्णय भएको छ।

यस्तै आगामी पुस पाँच गते गर्ने भनेको मुलसमितिको निर्बाचन पनि स्थगित गरिएको गरिएको छ।

सुर्खेत उपत्यका खानेपानी संस्थालाइ नयाँ मोडेल अनुसार लैजाने बिषयमा छफलल समेत भएको सम्बाद समहुका सदस्य गोविन्द्र कोर्इरालाले जानकारी दिनुभयो।

खानेपानी संस्थालाइ स्थानिय, प्रदेश वा केन्द्र सरकारको मातहतमा राख्ने विषयमा पनि छलफल भएको छ।

नयाँ मोडेलमा जानको लागी फेरी सर्वदलिय बैठक बसेर तिन महिना भित्र टुङगो लागाउने निर्णय भएको सदस्य कोइरालाले जानकारी दिनुभयो।

सर्बदलिय बैठकमा सम्बाद समितिका सदस्य सहित संस्थाका अध्यक्ष कुलमणी देवकोटा, उपाध्यक्ष दिपे सार्की सचिव चन्द्रबहादुर सुनार,कोषाध्यक्ष रामबहादुर गौतम,स्किम पदाधिकारीहरुको सहभागीता रहेको थियो।

यसैबीच सर्बदलिय बैक पछि मुलसमितको बैठक बसेर सम्बाद समिति गरेका सबै निर्णयहरु कार्यान्वयन गर्ने बताएको छ।

Share.

About Author

Leave A Reply