सुर्खेत खानेपानी उपभोक्ता संस्था आन्तरिक विवादमा।

0

असार-२० सर्खेत।सुर्खेत उपत्यकावासीले खानेपानीको अभाव झेलिरहेका बेला, सुर्खेत खानेपानी उपभोक्ता संस्था भने आन्तरिक विवादमा फसेको छ।सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले एक विज्ञप्ति जारी गरी पत्रकारमाथि दुव्र्यवहार भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।विज्ञप्तिमा पदपूर्ति समितिले नियमानुसार काम गरिरहेका बेला जबर्जस्ती बैठकमा पस्न खोज्दा सामान्य प्रतिवाद मात्र गरिएको भन्दै त्यसैलाई आधार मानेर पत्रकार महासंघले संस्थाको अध्यक्षको मानहानी हुने गरी विज्ञप्ति जारी गरेको उल्लेख छ।

 

बिज्ञप्तिमा प्रेस स्वतन्त्रता र संचार माध्यमको संवेदनशीलताप्रति संस्था सदैव सचेत रहेको, जनाइएको छ ।यस्तै संस्थाको श्रमिक ट्रेड युनियनले पत्रकारमाथि दुव्र्यवहार नगरेको दाबी गर्दै संस्थाको बैठक बसिरहेका बेला टेलिभिजनका कर्मचारीहरु जबर्जस्ती पस्न खोज्दा नमानेकोले सामान्य भनाभन भएको तर्फ गरेको छ । श्रमिक ट्रेड युनियनले आज बिज्ञप्ति जारी गरी अर्को निर्णय नभएसम्मकालागि कार्यालय प्रमुख डम्मर गौतमलाई कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।

 

श्रमिक ट्रेड युनियनका अध्यक्ष गणेश खनालले जारी गरेको बिज्ञप्तिमा कार्यालय प्रमुख डम्मर गौतमलाई कर्मचारीको भावना र भविष्यमाथि खेलवाड गरेको आरोप लगाइएको छ।यता कार्यालय प्रमुख गौतमले पदपूर्ति समितिको सदस्य सचिवको अनुपस्थितिमा विधि र प्रक्रिया विपरित कर्मचारी नियुक्तिको विज्ञापन आव्हान गर्नु संस्थाको मर्यादा विपरित भएको बताउनु भएको छ ।यस सम्वन्धमा उच्च अदालत सुर्खेतले यही असार २७ गतेसम्मलाई अल्पकालीन अन्तरिम आदेशसमेत दिइसकेको र यो आदेश आफूले बुझेपनि अध्यक्ष र अर्का सदस्यले नबुझेकोले कर्मचारीहरु पनि विधि र विधान विपरित कार्यमा लागेको उहाँको भनार्इ छ।

 

Share.

About Author

Leave A Reply