सुर्खेत जिल्ला फुटवल संघको नयाँ कार्यसमिति चयन।

0

पुष–३० सुर्खेत।सुर्खेत जिल्लाबाट फुटवल खेलका राष्ट्रिय खेलाडीहरु उत्पादन भइसकेकोले अवको प्रदेश नम्बर ६ को फुटवलको नेतृत्वपनि सुर्खेतले नै गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन।सुर्खेत जिल्ला फुटवल संघको ५ औं जिल्ला अधिवेशनका सहभागी वक्ताहरुले सुर्खेत फुटवलमा राष्ट्रिय स्तरमै चर्चित भएकोले अवको प्रदेशको नेतृत्व पनि सुर्खेतले नै गर्नुपर्ने बताएका हुन।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले सुर्खेतमा थुप्रै राष्ट्रिय खेलाडीहरु उत्पादन भइसकेको भन्दै आगामी दिनमा पनि त्यस्ता प्रतिभाहरु उत्पादन गर्न लाग्नुपर्ने बताउनु भयो।अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रीय सदस्य प्रदेशसिंह राठौरले प्रदेशस्तरमा यस खेलको विकासलाई अझ तीव्र बनाउनु पर्ने सुझाव दिनुभयो। खेलकुद पत्रकार मञ्चका अध्यक्ष भानुभक्त अधिकारीले पनि फुटवल खेल र खेलाडीको विकासकालागि जुट्नु पर्नेमा जोड दिनुभयो।पूर्व राष्ट्रिय खेलाडी सुन्दर पोख्रेलले खेलाडीहरुलाई समान व्यवहार र सम्मानको खा“चो रहेको उल्लेख गर्नुभयो।संघका तत्कालिन अध्यक्ष गोवद्र्धन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष दिपककुमार राई, पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेल, खेलकुद लगायतको सहभागिता ररहेको छ।यस्तै सुर्खेत जिल्ला फुटवल संघको ५ औं जिल्ला अधिवेशनले जनकबहादुर रावलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।रावलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो।संघको उपाध्यक्षमा चन्द्र श्रेष्ठ, प्रमोद हमाल र प्रभात थापा चयन हुनुभएको छ।यस्तै सदस्यहरुमा गोवद्र्धन खड्का, गणेशकुमार कार्की, गोपाल खड्का, कर्णबहादुर चन्द, महेन्द्र चौधरी, मिलन श्रेष्ठ, जानकी तारुङ, रमेश तुलाधर र कृष्णबहादुर खड्का चयन हुनुभएको छ।अधिवेशनकालागि सुर्खेतमा दर्ता भएका ११ वटा क्लवको सहभागिता छ।

Share.

About Author

Leave A Reply