सुर्खेत–जुम्ला हवाई सेवा सुरु

0

सुर्खेत–जुम्ला हवाई सेवा सुरु भएको छ।कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एण्ड टुरलेले व्यवस्थापन गर्ने गरी समिट एयरले सुर्खेत–जुम्ला उडान गरेको हो।कर्णाली प्रदेश पर्यटनमन्त्री नन्दसिंह वुढाले आफै चढेर सुर्खेत जुम्लाको हवाई यात्रा आरम्भसहित उद्घाटन गर्नुभयो।

मन्त्री बुढाले पर्यटकीय दृष्टिकोण तथा सेवाग्राहीको सजिलोका लागि जुम्ला सुर्खेत उडान भएको बताउनुभयो।पहिलो पटक १८ जना यात्रुले सुर्खेत जुम्ला र १० जनाले जुम्लाबाट सुर्खेत यात्रा गरेका समिट एयर जुम्लाका ईन्चार्ज सन्तोजङ्ग शाहीले बताउनुभयो।हिजो देखि सुरु भएको हवाई यात्राको भाडादर जुम्लाबाट सुर्खेतका लागि ४ हजार र सुर्खेतबाट जुम्लाका लगि ४ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।संचालक पार्वती महतका अनुसार हरेक शुक्रबार र मंगलबार उडान हुने बताउनुभयो।कर्णाली प्रदेशको राजधानी सुर्खेत भएको लामो समयपछि नेपालगंज र जुम्ला उडान सुरु भएपनि सुर्खेत जुम्ला हवाई उडान लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन ।

 

Share.

About Author

Leave A Reply