सुर्खेत टी ट्वान्टी क्रिकेटको उपाधि हात पार्न सफल।

0

पुष-१८।कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ।चौरजहारी नगरपालिका १ स्थित नाखिरा खेलमैदानमा भएको फाईनलमा जाजरकोटलाई १४ रनले पराजित गर्दै सुर्खेतले उपाधि जितेको हो।टस जितेर ब्याटिङमा उत्रिएको सुर्खेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो।सुर्खेतका भविन सारु मगरले अविजित ४० रन बनाउँदा टेक सलामिले पनि ४० रन कै योगदान दिनुभयो।जाजरकोटकालागि प्रणम भडेलले ३ र केशर अधिकारीले २ विकेट लिनुभयो।सय ६१ रनको लक्ष पछ्याएको जाजरकोटले १ सय ४६ रन मात्र बनाउन सक्यो।जाजरकोटकालागि पदमराज भण्डारीले सर्वाधिक ७१ रनको योगदान दिएपनि अन्य ब्याट्सम्यानले राम्रो अंकमा रन बनाउन नसकेपछि जाजरकोट पराजित हुन पुग्यो।सुर्खेतका कप्तान रविन्द्रजंग शाहीले ४ तथा ललित प्याकुरेलले २ विकेट लिनुभयो।विजेता सुर्खेतले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उप जाजरकोटले ६० हजार रुपैयाँ पाएको आयोजक जिल्ला क्रिकेट संघका अध्यक्ष दिपक बाँठामगरले बताउनु भयो।प्रतियोगीताको सर्वोउत्कृष्ट खेलाडी कालिकोटका सुनिल भण्डारी, बेष्ट ब्याट्सम्यान सुर्खेतका रविन्द्रजंग शाही, बेष्ट बलर आयोजक रुकुमका युवराज केसी हुनुभएको छ।प्रतियोगितामा आयोजक रुकुम, सुर्खेत, जाजरकोट, सल्यान, कालिकोट, डोल्पा र जुम्ला जिल्लाले सहभागिता जनाएका थिए ।

Share.

About Author

Leave A Reply