सुर्खेत पुर्णखोप सुनिश्चितता जिल्ला घोषणा।

0

वैशाख–३१सुर्खेत।सुर्खेत जिल्लालार्इ पूर्ण खोप सुनिश्चितता भएको जिल्लाका रुपमा घोषणा गरीएको छ।स्थानिय स्वामित्व र सहभागीता, पुर्णखोप सुनिश्चितता होम्रो प्रतिबद्घता भन्ने नारासहित सुर्खेतलार्इ ४३ औ जिल्लाका रुपमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरीएको छ।सभा अघि स्थानिय मँगलगढि चौक बाट बाजा सहित र्यालि निकालेर वीरेन्द्रनगर बजार परिक्रममा गरीएको थियो।कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले स्वास्थ्य निती बनाउने काम अन्तिम चरणमा पुगेको भन्दै अबकेही दिनमै कर्णली प्रदेशमा स्वास्थ्य निति लागु हुने बताउनुभयो।उहाँले कर्णाली प्रदेशमा स्वास्थ्य क्षेत्रको अबस्था जटिल रहेको भन्दै यसकोलागी प्रदेश सरकारले बिषेश योजना बनाएर काम थाल्ने बताउनुभयो।सुर्खेतसंगै कर्णाली प्रदेशका २ वटा जिल्ला पुर्णखोप सुनिश्चितता घोषणा गरिसकिएको भन्दै अब अन्य ८ जिल्लालार्इ पनि छिटै गरिने बताउनुभयो। २०७० साल चैत २० गते बाट साविको लेखगाँउबाट सुरु भएको पूर्ण खोपयुक्त कार्यक्रममा सुर्खेतका सबै वडाहरु पूर्ण खोपयुक्त भैसकेकाले जिल्लालाई नै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।कार्यक्रममा जिल्ला समन्वय समिती सुर्खेतका सँयोजक छबीलाल सिग्देलको अध्यक्षतामा सम्पन्न भएको हो।

Share.

About Author

Leave A Reply