सुर्खेत प्रदेश नम्बर ६ को अस्थायी राजधानि तोकियाे।

0

असोज–२४सुर्खेत।सुर्खेत प्रदेश नम्बर ६ को अस्थायी राजधानि तोकिएको छ।सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले सात वटै प्रदेशको अस्थायी राजधानी तोकेको हो।भौतिक संरचना, ऐतिहासिक महत्व, सुरक्षाको अवस्था र भौगोलिक केन्द्रकालागि अवश्यक पर्ने मापदण्डका आधारमा सात वटै प्रदेशका प्रदेश राजधानीसमेत समितिले प्रस्ताव गरेको हो। समितिले प्रदेश नम्बर ५ को दाङ वा बुटवल, र प्रदेश नं ७ को दिपालय वा धनगढीलाई अस्थायी राजधानीको तोकेको छ।यस्तै प्रदेश नंम्बर १ को विराटनगर, धनकुटा वा इटहरी प्रदेश नंम्बर २ को जनकपुर, प्रदेश नंम्बर ३ को बनेपा, धुलिखेल, काठमाडौँ वा हेटौँडा, प्रदेश नंम्बर ४ को पोखरा, तोकिएको छ।प्रदेश राजधानी सुरूमा अस्थायी हुने र प्रदेश सभापछि स्थायी बनाइने भएको छ।

Share.

About Author

Leave A Reply