सुर्खेत विमानस्थल बिस्तार तत्काल शुरुहुने।

0

मंसिर १०, सुर्खेत विमानस्थल बिस्तार गरी क्षमता अभिवृद्धिको काम तत्काल शुरुहुने प्रदेश सरकारले बताएको छ।
एकीकृत विकास समन्वय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विमानस्थल विस्तारको काम अगाडी बढिसकेको बताउनुभयो।
संघिय मन्त्रिपरिषद् बैठकले विमानस्थलको क्षमता बढाउन जग्गा अधिग्रहण गर्न सहमति दिएसंगै काम विस्तारको काम शुरुभएको मन्त्री ज्वालाले जिकिर गर्नुभयो।
मन्त्री ज्वालाले अवको केहीदिनमा नागरिक उड्यन प्राधिकरणको टोली सुर्खेत आएर आवश्यक जग्गा वितरण र मुआब्जाको काम थाल्ने बताउनुभयो।
विमानस्थलको बिस्तार तथा स्तरोन्नति गर्न गत असोजमा संघीय र प्रदेश सरकार तथा स्थानीय तहबीच सम्झौता भएको थियो।
मन्त्री ज्वालाले जग्गा अधिग्रहणमा लाग्ने ५० प्रतिशत रकम प्रदेश सरकार र ५० प्रतिशत केन्द्र सरकारले बेहोर्ने बताउनुभयो।
विमानस्थलको विकास, बिस्तार र स्तरोन्नती गरी आन्तरिक उडानमा प्रयोग भइरहेका सबै प्रकारका ठूला जहाज ल्याउने योजना रहेको छ।
अहिले आवश्यक जग्गा अधिग्रहण, रनवे बिस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक निर्माण काम गर्ने योजना रहेको छ।
अहिले १२ सय ५५ मिटर धावनमार्ग रहेको विमानस्थललार्इ १५ सय मिटरसम्म विस्तार गरिने भएको छ।
धावन मार्ग सानो हुँदा ७२ सिटे जहाज आउन नसकेको र निजी क्षेत्रको एउटा ४२ सिटे जहाजले महँगो भाडा लिने गरेको छ।
यस्तै मुआब्जा वितरणको लागी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति समेत गठन गरिसकेको छ।
सुर्खेत विमानस्थल हाल एक हजार २ सय ५५ मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको रनवे रहेको छ।

Share.

About Author

Leave A Reply