सुर्खेत सहित ३४ जिल्लामा आज पहिलो चरणको स्थानीय तह चुनावलागि मतदान हुँदै ।

0

सुर्खेत , वैशाख ३१ – सुर्खेत सहित ३४ जिल्लामा आज पहिलो चरणको स्थानीय तह चुनावलागि मतदान हुँदैछ।
आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
सुर्खेतका पाँच वटा नगरपालिका र चारवटा गाउँपालिका गरी ९ वटा स्थानिय तहका ९९ वडाका गरी ५१३ पदकालागि ९ सय बढीको मनोनयन दर्ता भएको छ ,वडाका ४६८ पदकालागि दुर्इ हजार १० जना उम्मेदवार रहेका निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालयका सूचना अधिकारी नबिन पौंडेलले जिल्लामा सबैभन्दा बढी बीरेन्द्रनगर नगरपालिकामा ८२ पदकालागि ४९५ जना चुनाबी मैदानमा रहेको बताउनु भयो ।
यस्तै सबैभन्दा कम चिङगाड गाउँपालिकामा ३२ पदकालागि १०३ जना उम्मेदवार चुनाबी मैदानमा छन ।सुर्खेतमा १९ वटा दल दर्ता भएकामा १३ वटा दलले दलगत चुनाब चिन्ह्र पाएका छन भने अरूले स्वतन्त्र हैसियसतमा चुनाब चिन्ह पाएका छन ।
सुर्खेतका कुन तहमा कति दलले प्रतिस्पर्धा गरेका छन भन्ने यकिन बिवरण भने संकलन हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
एक लाख ८४ हजार ३ सय ९९ मतदाता रहेका सुर्खेतमा सबैभन्दा बढि मतदाता बीरेन्द्रनगर नगरपालिकामा ५० हजार ६४० मतदाता छन ।
यस्तै जिल्लाका ९ वटा तह मध्य सबैभन्दा कम चिङगाड गाउँपालिकामा ९हजार २२७ मतदाता रहेका छन । 

Share.

About Author

Leave A Reply