स्थानीय तहको चुनावमा सुरक्षा व्यवस्था बलियो बनाउन सबै सुरक्षा निकायका प्रमुखलार्इ प्रधानमन्त्रीको निर्देशन।

0

वैशाख–५। प्रधानमन्त्री पुष्षकमल दाहालले स्थानीय तहको चुनावमा सुरक्षा प्रबन्धका बारेमा सबै सुरक्षा निकायका प्रमुखसंग छलफल गर्नुभएको छ।उहाँले सबै सुरक्षा निकायका प्रमुखहरुलाई प्रभावकारी सुरक्षा प्रबन्ध गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।प्रधान सेनापति रबीन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो।सुरक्षा अङ्गका प्रमुखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा चुनाव सम्पन्न गर्न सुरक्षा निकाय सक्षम रहेको बताएका छन।

Share.

About Author

Leave A Reply