स्थानीय निर्वाचनलाई लक्षित गर्दै सवारी साधन चेकजाचमा कडाई सूरु ।

0

बाँके ,वैशाख ३० – प्रदेश नम्बर ६ को स्थानीय निर्वाचनलाई लक्षित गर्दै बाँके प्रहरीले भेरी, कर्णाली र राप्ती अञ्चलमा जाने सवारी साधन चेकजाचमा कडाई सूरु गरेको छ । नेपालगन्ज र पुर्वपश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने निजि तथा सार्वजनिक सवारी साधन र यात्रुमाथि निगरानी र चेकजाँचमा कडाई गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । बाँके भएर प्रदेश नम्बर ६ मा प्रवेश गर्ने सम्पूर्ण सवारीसाधन अनिर्वाय ईन्ट्रि गर्नुपर्ने, झोला, सरसामान चेकिङ् र यात्रुका शरीर चेकजाँच भैइरहेको छ । निर्वाचन र मतगणना समापन नहुँदा सम्म चेकजाँच र निगरानी जारी रहने पनि काफलेले बताउनुभयो ।
बांकेको कोहलपुर बसपार्क, चप्परगौडी, कुसुम, चिसापानी, कौशीलानगर र बबइको चेपाङ्मा नियमित चेकजाँच र निगरानी बढाइएको हो । यस्तै आज राति १२ बजे देखि बांके बाट सुर्खेतका लागि गाडि संचालनमा रोक लगाईएको छ । निर्वाचन सकिएको भोलिपल्ट भने गाडिहरु नियमित संचालनमा आउने बांके प्रहरीले जनाएको छ ।

Share.

About Author

Leave A Reply