स्वच्छ सफा स्वस्थ र पोषणयुक्त बनाउन सामुहिक प्रतिबद्धता।

0

माघ-२५ सुर्खेत।बाँकेको डुडुवा गाउँपालिकामा स्वच्छ सफा स्वस्थ र पोषणयुक्त बनाउने अभियानलाई सफल बनाउन सामुहिक प्रतिबद्धता गरिएको छ।

मातृ शिशु तथा किशोर किशोरीको पोषण स्थितीमा सुधार ल्याउनका लागि गाउँपालिकाले प्रतिबद्धता जनाएको छ।

दुई दिने एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता गोष्ठीको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रतिबद्धता पत्र पढेर सुनाउनु भएको हो।

उहाँले गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा विशेष कार्यक्रम संचालन गरिरहेको जानकारी गराउदै नागरिकको गरिबीको न्युनीकरणका लागि आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो।

उहाँले आफ्नै खेतबारीको उत्पादित अर्गानिक तरकारी तथा फलफुल सेवन गर्न सुझाव दिदै दैनिक खानाको मात्रा मिलाएर खाएमा पोषण रोगबाट बच्न सकिने बताउनुभयो।

मधेशी समुदायको बाहुल्यता भएको गाउँपालिका भएकाले यहाँ गरिबी, अशिक्षाको अभावमा स्वास्थ्य लगायत थुप्रै समस्या आइपरेको भन्दै अध्यक्ष चौधरीले विस्तारै नागरिक सचेत हुन थालेको विश्वास व्यक्त गर्नुभयो।

दुई दिनको कार्यक्रममा छलफल गरि निमार्ण भएका योजना तथा प्रतिबद्धतालाई गाउँपालिकाले आगामी वर्षको निति तथा कार्यक्रममा समाबेश गर्नेछ।

Share.

About Author

Leave A Reply