स्वरोजगारका नाममा २१ करोड रुपैयाँ लगानी।

0

माघ २०सुर्खेत।युवा तथा साना व्यावसायी स्वरोजगार कोषले सुर्खेतमा चालु आर्थिक बर्षमा २१ करोड लगानी गरेको जनाएको छ।युवाहरुलाइ स्वोरजगार बनाउने उदेश्यले कोषले सुर्खेतका विभिन्न क्षेत्रका युवाहरुलाइ सहकारी मार्फत रकम वितरण गरेको हो।स्वरोजगार कोषले सुर्खेतका १ हजार ३ सय ७५ जना युवाहरुलाइ स्वोरजगार बनाउन रकम हस्तान्तरण गरेको जनाएको छ।युवाहरुले न्युतम ३० हजार देखी ३ लाख सम्म विना धित्तो रकम लिएको युवा तथा साना व्यावसायी स्वरोजगार कोष जिल्ला समन्वय तथा अनुगमन समितिका सदस्य सचिव प्रकाश पडेलले जानकारी दिनुभयो।

Share.

About Author

Leave A Reply