स्वर्गीय नन्दबहादुर कार्किको स्मृतीमा मध्यपश्चिम क्षेत्रीय अस्पताललार्इ ४३ लाख सहयोग ।

0

साउन-२७ सुर्खेत ।मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा आजदेखी औपचारीक रुपमा आईसियु सेवा सुरु भएको छ ।
वीरेन्द्रनगरका स्वर्गीय नन्दबहादुर कार्किको स्मृतीमा उहाँका श्रीमती थीरकुमारी कार्किले आर्थिक सहयोग गरेपछी आईसियु सेवा संचालनमा आएको हो।यस क्षेत्रका विरामीहरुलाई सेवा पुर्याउँने उदेश्यले आईसियु सेवा संचालनकालागी कार्किले ४३ लाख रकम सहयोग गर्नुभएको छ।स्वर्गीय कार्किका जेठा छोरा कोमल कार्किले वुवाको समाज सेवाको प्रेरणा स्वरुप यस क्षेत्रका जनताको माग र आवश्यकतालाई मध्यनजर गर्दै अत्यावश्यक आईसियु सेवा संचालनकालागी रकम सहयोग गरीएको बताउँनु भयो।कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईले कुनै एक ब्यक्ति वा सरकारको एकल प्रयासवाट मात्र अस्पतालको बिकास नहुने भन्दै सबै क्षेत्र र वर्गको सहयोग आवश्यक पर्ने बताउँनु भयो।
यस्तै प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कार्कि परिवारले आईसियु सेवाको सहयोगले अस्पतालको बिकासमा टेवा पुग्ने बताउँनु भयो ।वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले क्षेत्रीय अस्पताललाई ६ नंम्बर प्रदेशको प्रमुख अस्पताल बनाउँनकालागी सबैको सल्लाह अनुसार जनप्रितिधिले काम गर्ने बताउँनु भयो ।अस्पताल बिकास समितीका सदस्य पूर्णप्रसाद पौडेलले क्षेत्रीय अस्पतालमा २ बर्ष पहिले र अहिलेको सेवामा धेरै परिवर्तन आएको दाबि गर्दै सबैले सहयोगवाट मात्र अझै सेवा सुविधाको विस्तार गर्न सकिने बताउँनु भयो ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्मर खडकाले स्वर्गीय कार्किको स्मृतीमा उहाँका परिवारले गरेको सहयोगको प्रशंसा गर्नु भयो ।४३ लाखको लागतमा बनेको आईसियु कक्षमा अहिले एक पटकमा ४ जना विरामिलाई राखेर सेवा दिन सकिने डाक्टर खडकाको भनाई छ ।अस्पतालको सेवा विस्तारमा महत्वपूर्ण योगदान पर्याएको भन्दै स्वर्गिय कार्किका श्रीमती थीरकूमारी कार्किलाई कदरप्रत्र सहित सम्मान गरीएको छ ।यसैबिच क्षेत्रीय अस्पताल सुर्खेतमा अक्सीजन पलान्ट पनि संचालनमा आएको छ ।पलान्ट संचालनमा आएसंगै अब अस्पताल परिसरमै अक्सीजन उत्पादन गर्न सकिने मेडकिल सुपरिटेन्डेन्ट डाक्टर खड्काले बताउँनु भयो ।
एक करोड रुपैयाको लागतमा अक्सीजन पलान्ट संचालनमा आएको उहाँको भनाई छ ।

Share.

About Author

Leave A Reply