स्वास्थ्यकर्मी संघको २९ औं स्थापना दिवस मनाइयाे।

0

जेठ-२६ सुर्खेत।नेपाल स्वास्थ्यकर्मी संघले रगतको अभावलाई पूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरेको छ।

संघको २९ औं स्थापना दिवसको अवसर पारेर सुर्खेत शाखाले रक्तदान कार्यक्रम गरेको हो। संघ सुर्खेतका अध्यक्ष उदयबहादुर थापाले रक्तदानबाट १० पिन्ट रगत संकलन गरिएको जानकारी दिनुभयो।

रक्तदान कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभामा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले रगतको अभावमा कोही विरामीहरुको मृत्यु नहोस् भन्नका लागि गरिएको रक्तदान कार्यक्रमबाट संकलन गरिएको रगतले धेरै विरामीको ज्यान बचाउने बताउनुभयो।

उहाँले दुर्गमा सेना प्रहरीले रगत दिएर विरामी बचाउने गरेको स्मरण गर्दै रक्त संचार केन्द्रलाई अव अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जनताको स्वाथ्यजस्तो संवेदनिशल क्षेत्रको माग पुरागर्न सकारका गम्भिर नभएको भन्दै आफ्नो कर्तब्यप्रति इमान्दारि पुर्बक जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका सहभागिहरुले स्वास्थजस्तो संवेदनशिल क्षेत्रमा विभेद रहरेको भन्दै यसलार्इ हटाउनुपर्नेमा जोडदिएका छन।

कार्यक्रममा क्षेत्रीय सभापति नारायण कोइराला, नेपाल निजामति कर्मचारी युनियन संघका अध्यक्ष राजेश बुढा, संघका केन्द्रीय सचिव टेकराज ओझा, पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेलले संघलाई रचनात्मक कार्यको निरन्तरता दिन सुझाव दिनुभयो।

संघको गतिविधिलाई संचारमाध्यमबाट सार्वजनिक गर्न योगदान पुर्याए वापत पत्रकार महासंघका उपाध्यक्ष ललित बसेललाई सम्मान गरिएको छ।

 

Share.

About Author

Leave A Reply