स्वास्थ्यका क्षेत्रमा छुट्याएको बजेट पर्याप्त नरहेको सुर्खेतका स्थानिय निकायका प्रतिनिधिको भनार्इ।

0

साउन- २६ सुर्खेतका स्थानीय तहका जनप्रतिनिधिहरुले स्वास्थ्यका क्षेत्रमा छुट्याएको बजेट पर्याप्त नरहेको बताएका छन।
हिजो देखी वीरेन्द्रनगरमा सुरु भएको स्वास्थ्य योजना तर्जुमा कार्यशाला गोष्ठीमा सहभागी जनप्रतिनिधिहरुले राज्यले कूल बजेटको १७ दशमलव ६ प्रतिशत बजेट मात्र स्थानीय तहमा छुट्याएको भन्दै स्वास्थ्यका क्षेत्रमा यसैवाट रकम खर्च गर्नुपरेमा अपुग हुने बताएका हुन।
कार्यक्रममा क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा काम सबै निकाय जिम्मेवार भएर काम गर्नु पर्ने बताउँनु भयो।
कार्यक्रमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकूमार सुवेदीले राज्यले स्थानीय सरकारलार्ई दिएको अधिकार खोस्ने प्रयत्न गरेको बताउँनु भयो।
उहाँले तथ्याङकमा मात्र आम नागरीकले स्वास्थ्य सेवा पाएको र वास्विकतामा त्यो पाउँन नसकिने बताउँनु भयो।
कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले स्थानीय सरकारको जिम्मेवारी धेरै भएपनि बजेटमाथि अंकुश लगाउँन खोजिएको गुनासो गर्नु भयो ।
राज्यले आगामी दिनमा आर्युवेदिक चिकित्सामा जोड दिन सके स्वास्थ्य क्षेत्रमा देखीएका समस्या समाधान हुने शाहीको भनाइ छ।
यस्तै गुर्भाकोट स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेब किरण ओलीले भद्रगोलको स्थीती आएको बताउँदै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मिहरुलाई उचित व्यवस्थापन गर्न माग गर्नुभयो।
सहभागीहरुको धारणा र गुनासा सुनिसकेपछी स्वास्थ्य मन्त्रालयका सह–सचिव मोहमद दाउँतले स्वास्थ्य क्षेत्रमा बजेट बिनियोजन गरीसकिएको जानकारी गराउँदै आवश्यकतालाई पहिचान गरेर स्वास्थ्यका क्षेत्रमा स्थानीय तहमै बजेट छुट्याउन आग्रह गर्नु भयो ।
उहाँले स्वास्थ्यलाई बिकासको एजेन्डाकै रुपमा अगाडी बढाउँन जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो।
पछील्लो समय ६० देखी ७० प्रतिशत मानिसको नसर्ने रोगका कारण ज्यान जाने गरेको भन्दै यस तर्फ सबैले बेलैमा सचेत हुनु पर्ने बेला आएको दाउँतको भनाई छ ।
भोली २७ गते सम्म संचालन हुने गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भुप्रसाद ज्ञवालीले स्थानीय तहमा स्वास्थ्य सेवाको पहुच र उपभोग,गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह कसरी गर्न सकिन्छ भन्ने वारेमा जनप्रतिनिधिसंग अन्र्तक्रिया गर्ने बताउँनु भयो ।गोष्ठीमा सुर्खेतमा रहेको स्थानीय तहका प्रंमुख,उप–प्रमुख,अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुको सहभागीता रहेको छ ।
कार्यक्रम स्थानीय बिकास अधिकारी अमृत लम्सालको सभापतित्वमा समपन्न भएको छ

Share.

About Author

Leave A Reply