स्वास्थ्य प्रवर्धनकालागि मेरो वर्ष अभियान संचालन ।

0

वैशाख–२सुर्खेत।सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्य प्रवर्धनकालागि मेरो वर्ष २०७५ को सुरुवात गरेको छ ।‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशले मेरो वर्ष २०७५ को अभियानको औपचारीक उद्धघाटन गरेको हो ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सरकारको घोषणा अनुसारका विभिन्न कार्यक्रम गर्ने जनाएको छ। सरकारले स्वास्थ्यप्रति जिम्मेवार रहनकालागि घोषणा गरेको ८ वटा प्रतिबद्धतामा म तनाव रहित जीवन व्यतित गर्छु,  म ट्राफिक नियमको पालना गर्छु,  म आफ्नो घर र समुदाय सफा राख्छु, म रक्सी, चुरोट र सुर्तिजन्य पदार्थ खान्न लगायतका प्रतिवद्धताहरु छन् ।यसैगरी  म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु र म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु लगायतका प्रतिबद्धता पुरा गर्नकालागि सर्वसाधारणलाई एक्यबद्धता गराउनकालागि अभियान थालिएको मन्त्रालयले जनाएको छ ।अभियानको उद्धघाटन सुर्खेत क्षेत्र नंम्बर २ का प्रतिनिधि सभा सदस्य नवराज रावतले गर्नुभएको हो । कार्यक्रम सामाजिक विकास मन्त्रालयका निमित्त सचिव भक्तबहादुर ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।उद्धघाटन कार्यक्रम उद्धघाटन अघि  योगा र प्रभात फेरी गरिएको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका डाक्टर भक्तबहादुर केसीले मानिसले आफ्नो व्यवहार परिवर्तन गरेमा स्वस्थ जीवन व्यतित गर्न सक्नेमा जोड दिनुभयो ।

Share.

About Author

Leave A Reply