स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसकेकाे गुनासाे।

0

फागुन १५ सुर्खेत।स्वास्थ्य बीमालाई देशब्यापी विस्तार गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ।पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका नेकपा सांसद खगराज अधिकारीले प्रस्ताव प्रस्तुत गर्दै सबै जिल्लामा स्वास्थ्य बीमाको कार्यक्रम विस्तार गर्नुपर्ने बताउनुभयो।स्वास्थ्य बीमामार्फत स्तरीय स्वास्थ्य सेवा दिन जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने उल्लेख गर्दै सांसद अधिकारीले १४ सय डाक्टरले जनतालाई गुणस्तरीय सेवा दिन अप्ठेरो हुने धारणा राख्नुभयो।अधिकारीको प्रस्तावमा समर्थन जनाउँदै सांसद अञ्जना विशंखेले स्वास्थ्य मन्त्रालयबाट तिव्र गतिमा अस्पताल खोल्ने कार्य भइरहेको तर जनशक्तिमा ध्यान नदिइएको पाइएको बताउनुभयो।सांसद मनकुमारी जिसीले जनताको नैसर्गिक अधिकारका रुपमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो।जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा चुनौती देखिएको बताएका छन।नेपाली काँग्रेसका  सांसद पुष्पा भुसालले स्वास्थ्य बीमामा सहभागी भएकाहरुले निरन्तर नवीकरण गर्ने र बीमाको प्रिमियम तिर्न नसक्ने भन्दै विपन्नलाई सहुलियत दिनुपर्ने धारणा राख्नुभयो।

 

 

Share.

About Author

Leave A Reply