वैशाख–३।संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वेच्छिक अवकाशको निर्णय स्थगित भइसकेको भन्दै कर्मचारीलाई काममा फर्कन आग्रह गर्नुभएको छ।रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उहाँले धेरै सेवा सुविधा पाइन्छ भन्ने आशामा स्वेच्छिक अवकाशका लागि निवेदन दिनेले अब काममा मन लगाउनुपर्ने बताउनु भयो।अर्को निर्णय नभएसम्म स्वेच्छिक अवकाश दिने निर्णय स्थगित गरिएको भन्दै उहाँले १५ दिने सूचना निकालेर कर्मचारीलाई पुनःकाममा र्फकनकालागि आवेदन दिने मौका दिइने बताउनु भयो। निजामती कर्मचारीलाई तीन वटै तहमा व्यवस्थापन गरिने भन्दै उहाँले कुन पदमा, कुन ठाउँमा जाने हो पुनःआवेदन दिन सक्ने बताउनु भएको छ।स्वेच्छिक अवकाशले व्यक्तिलाई फाइदा गरेपनि देशलाई हानी हुने भएकाले यसलार्इ स्थगित गरिएको उहाँको भनार्इ छ।
स्वैच्छिक अवकाशको निर्णय स्थगित भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री पण्डितको भनाइ।
0
Share.