हटलेन सडक निर्माणमा लापरबाही हुदा काम रोकियो।

0

चैत १९-सुर्खेत।कर्णाली प्रदेशको राजधनी बीरेन्द्रनगरमा निर्माणधीन हटलेनको सडक निर्माणको क्रममै लापरबाही भएको भन्दै काममा रोक लगार्इएको छ।सडक निर्णमको अनुगमनको जिम्मा पाएको शहरी विकास तथा भवन निर्णम विभाग संघिय आयोजना कार्यान्यन इकार्इकै नाला निर्माणकै क्रममा ठेकेदारले माटो नै नपन्छायएर ढलान गरेको भन्दै काममा रोक लगाएको हो।सव र्इन्जिनियर चन्द्रबहादुर खड्काले अनुगमन गर्दा पानीमै ढलन गरिकाले काम रोकिएको भन्दै त्यसठाँउमा पुन ढलान गरेर पछि मात्र काम अगाडी बढ्ने बताउनुभयो।उहाँले केहीठाँउमा पर्खाल लगाउदाँ बाग्ङगो भन्दै त्यसलार्इ मर्मत गरेर मात्र काम अगाडी बढ्ने बताउनुभयो।यसअघि काम गुणस्तर नभएको भन्दै कार्यलयले काम रोक्नपत्र काटेपनि  ठेकेदार कम्पनिले व्यवास्ता गरेकोकार्यालयले दाबी गरेको छ।कंक्रिटबाट निर्माण हुनुपर्ने ढलमा सबै ढुंगा हालेर बनाइएको छ भने माटोनै नहटाएर ढालान गरेर नाला निर्माण गरिएको स्थानियले बताएका छन ।यता निर्माण कम्पनीका प्रतिनिधि खगेन्द्र रानाले भने सम्झौता अनुसारनै काम गरेको दाबी गर्नुभयो।हाँले कार्यलयले दिएको मापदण्ड भित्र रहेरै काम गरेको भन्दै प्राविधिकले दिएको इस्टमेट भन्दा बाहिर नगएको बताउनुभयो।अहिले हटलार्इको काम वीरेन्द्रनगरको गणेशचोक हुदै र्इत्रामखोला,त्यसैगरी बीरेन्द्रनगर ८ को सिमलचोकदेखी एयरपोट सम्म निर्णमको क्रममा छ।अहिले जिल्ला प्रहरी कार्यलय सुर्खेतदेखी रेडियो भेरीसम्म नाला  निर्माण भएको छ।२ दशमलव ९ किलोमिटर सडक सहित नाला निर्णाम हुने गरि ७ करोड ८१ लाख १२ हजारमा सम्झौता भएको छ।९ करोड ८१ लाख ९० हजार रकम मध्ये कम्पनिले झन्डै २४ दशमवल ३ प्रतिशत घटेर सम्झौता गरेको छ।सडकको ७ मिटर पिच र दुर्इतर्फको नाला निर्माण बनाउने गरी भएको सम्झौता आगामी २०७६ साल भदौ मसान्त सम्म सक्ने लक्ष्य रहेको छ।

Share.

About Author

Leave A Reply