हुम्लामा आगलागीः कर्णाली प्रदेश सरकारले राहत वितरण गर्यो

0

फागुन–२०हुम्ला।हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर–१, घटवान गाउँमा भएको आगलागीबाट पीडितलाई कर्णाली प्रदेशले सरकारले राहत वितरण गरेको छ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित राहत वितरणमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री दल रावल पनि जानुभएको थियो।आगलागी पीडितलाई राहत सामग्री लिएर मुख्यमन्त्री शाही सहीतको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत हुम्ला गएको हो।मुख्यमन्त्री शाहीले ३० घरपरिवारलाई खाद्य समाग्री, भाडा र कपडा वितरण गर्नुभएको छ।प्रदेश सरकारले आगलागीबाट घाइते भएका दुई जना विरामीलाई उद्दार गरेर ल्याएको सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो।मनवहादुर रीठालको गोठबाट सल्कीएको आगो गाउँमा फैलीएर ३० वटा घर जलेर नष्ट भएको जील्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।आगलागी बाट मानवीय क्षती नभएपनी १ सय ५० भन्दा बढी भेडाबाख्रा र एक दर्जन चोपाया जलेर मरेकाछन्।आगोले सबै भेडाहरु जलेपछि बेहोस हुनुभएका लालबहादुर रिठाल र आगो परेर घाइते हुनु भएका मानबहादुर रिठालको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

Share.

About Author

Leave A Reply