हुम्लामा टिपर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो।

0

मंसिर १२ सुर्खेत, हुम्लामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन।

नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर जादै गरेको लु४ख ३२६९ नं टिपर सिमकोट गाउँपालिका–७ मा दुर्घटना भएको हो।

दुर्घटनामा नाम्खा गाउँपालिका-१ हेप्का गाउँका छिरिङ लामा, नोरी लामा र तान्ज्योत लामाको मृत्यु भएको छ।

टिप्पर सडकभन्दा करिब ३० मिटर तल खसेको छ।

घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताउनुभयो।

टिपर चालकलाई स्थानीयवासीले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका छन।

चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको स्थानीयवासीको आरोप छ।

यस्तै अर्घाखाँचीको सन्धिखर्कमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको  संख्या १९ पुगेको छ।

दुर्घटनामा १३ जना घाइते भएका छन् ।

सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताउनुभयो।

घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र २ जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताउनुभयो।

 

 

Share.

About Author

Leave A Reply