१० औं राष्ट्रिय खेलकुदका लागि गृहकार्य सुरु।

0

माघ-२६ सुर्खेत।कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदका लागि गृहकार्य सुरु  भएको छ।

२०७९ मा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा गर्नका लागि तयारी स्वरुप प्रदेश राजधानीमा पहल थालिएको छ।

त्यसका लागि अहिले पूर्वाधारको खोजी गर्न लागिएको खेलकुद विकास समितिले जनाएको छ।

खेलसंग सम्बन्धित पदाधिकारी, प्रशिक्षक, खेलाडीहरुवीच वीरेन्द्रनगरमा छलफल गरी १० औं राष्ट्रिय खेलकुदलाई कर्णालीमा सफल बनाउन भौतिक पूर्वाधारको खोजी गर्नुपर्नेमा एकमत भएका छन।

प्रतियोगिता तीन बर्षपछि हुने भएपछि पूर्वाधार निर्माणका लागि अहिलेबाट नै जुट्नुपर्ने उनीहरुको भनाइ छ।

भौगोलिक विकटता भएको कर्णाली प्रदेशमा हुने विभिन्न खेलका लागि आवश्यक पर्ने मैदान नै पहिलो आवश्यता छ।

समथर जमीन भएको प्रदेश राजधानी सुर्खेत बाहेक अन्य जिल्लामा पनि खोजी गर्नुपर्ने भन्दै उनीहरुले कुन खेल कहाँ गर्दा उत्तम हुन्छ भनेर त्यसको आंकलन गर्नुपर्ने पनि जनाएका छन।

पूर्वाधार निर्माण नै पहिलो आवश्यकता भएकोले त्यसका लागि आजैबाट खटिनुपर्ने अवस्था आएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राम वलीले बताउनुभयो।

खेलकुद विकास समितिका निवर्तमान कोषाध्यक्ष वीरबहादुर रावतले प्रतियोगिताका लागि खेलमैदान, कवर्ड हललगायतका भौतिक पूर्वाधारको खोजी गर्नुपर्ने र सुर्खेतमै पर्याप्त भएको जानकारी दिनुभयो।

उहाँले २०७९ सम्म प्रदेशमा प्रतियोगिताका लागि आवश्यक पूर्वाधारहरु बनिसक्ने दावीपनि गर्नुभयो।

प्रदेश खेलकुद विकास समितिका प्रमुख विरोध विक्रम जिसीले पनि पूर्वाधार निर्माणमा समय लाग्ने भएकोले आजैबाट अग्रसर हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष चन्द्रकुमार गिरी, पूर्व अध्यक्षहरु डिल्ली सुवेदी, ऋषि गिरीलगायत प्रशिक्षकहरुले विभिन्न सुझावहरु दिएका छन।

Share.

About Author

Leave A Reply