११ औँ गणतन्त्र दिवस सुर्खेत सहित देशैभर विविध कार्यक्रम गरी मनाईयाे।

0

जेठ–१६सुर्खेत।११ औँ गणतन्त्र दिवस सुर्खेत सहित देशैभर विविध कार्यक्रम गरी मनाईएको छ।कर्णाली प्रदेश सरकारले स्थानीय मंगलगढि चौकबाट ¥याली निकालेर पिपल चौतारीमा पुगेर औपचारीक कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा कर्णाली पदेशका प्रमुख दुर्गाकेशर खनालले गणतन्त्र स्थापनासँगै जनतामा स्वतन्त्रता प्राप्त भएको र अब संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी थपिएको बताउनु भयो।उहाँले अब कर्णालीका जनताले आर्थिक, सामाजिक र न्यायीक समानता चाहेको भन्दै यसमा गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो।यस्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीको आर्थिक समृद्धि गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको भन्दै सरकारले ल्याएका योजनामा जनताको पनि ऐक्यवद्धता आवश्यक पर्ने बताउनुभयो ।आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जनताले प्रत्यक्ष अनुभति गर्ने गरी काम गर्ने बताउनु भयो । यसैबिच कर्णाली प्रदेश स्थापनाको माग गर्दै भएको आन्दोलनमा ज्यान गुमाउने ४ जना शहिदहरुलाई कर्णाली प्रदेशले मरोणपरान्त कदर पत्रद्धारा सम्मान गरेको छ। प्रदेश प्रमुख खनाल र मुख्यमन्त्री शाहीले संयुक्त रुपमा शहिदहरु गोपाल सिंह रजवार, टिकाराम गौतम,यामबहादुर विसी र हरिबहादुर कुंवरका आफन्तलाई कदर पत्र प्रदान गर्नुभएको हो।

Share.

About Author

Leave A Reply