१५ दिनभित्र सबै तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्ने संघिय सरकारको दाबी।

0

वैशाख–४।सरकारले १५ दिनभित्र सबै तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्ने बताएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले योग्यता, क्षमता अनुसार निर्धारण गरिएको पदमा जाने गरी १५ दिन भित्र आवेदन दिनपनि आह्वान गर्नुभयो ।मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई पुनः सचेत गराउनु भएको छ ।निजामती सेवा ऐनले गरेको व्यवस्था अनुसार सबै कर्मचारीले आफ्नो कार्य क्षेत्रमा गएर काम गर्नुपर्ने उहाँको भनाइ थियो।मन्त्री पण्डितले कर्मचारीहरुले कार्यथलोमा राजनीति गरे सहृय नहुने चेतावनी दिँदै कामबाहेक अरु गतिविधिमा लाग्न नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

Share.

About Author

Leave A Reply