१५ वर्ष मुनिको नेपाली टोली आज भुटान जादै।

0

साउन २२।भुटानको थिम्पुमा हुने १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा सहभागीता जनाउने नेपाली युवा टोलीलाई  बिदाई गरिएको छ ।नेपाली आज दिउँसो भुटान प्रस्थान गर्नेछ।२३ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले बिदाइ गर्नुभएको हो।नेपाली टोलीको कप्तानी प्रिती राईले गर्दै  छिन् भने प्रशिक्षकमा गंगा गुरुङ रहनु भएको छ।आउँदो बिहीबारदेखि सुरु हुने साफ च्याम्पियसिपमा नेपाल, बंगलादेश र पाकिस्तान रहेको समूह ‘बी’ मा परेको छ।समूहको पहिलो खेल साउन २६ गते पाकिस्तानसँग खेल्ने नेपालले दोस्रो खेलमा साउन २८ गते बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग खेल्नेछ।

Share.

About Author

Leave A Reply