१६ औँ राष्ट्रिय महिला फुटबल लिग फुटबलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी ।

0

पुष–२०।१६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई १२–शून्यको फराकिलो अन्तरले हराएको हो।आर्मीकालागि सपना लामाले ५ र सर्मिला थापाले ४ गोल गर्नुभयो। यस्तै दोस्रो खेलमा शसस्त्र प्रहरीको एपिएफले मध्यमाञ्चल विकास क्षेत्रको टिमलाई १४–शून्यको फराकिलो अन्तरले हराएको छ।सशस्त्रकालागि सावित्रा भण्डारी एक्लैले ८ गोल गर्नुभयो।सावित्राले मध्यपश्चिमविरुद्धको खेलमा १२ गोल गर्नुभएको थियो।

Share.

About Author

Leave A Reply