कार्तिक १४, सुर्खेत- सुर्खेतबाट बाहिरी जिल्लामा शंकास्पदरुपमा ढुवानी हुँदै गरेको १८ टन चामल प्रहरीले नियन्त्रणमा लिएको छ।
खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा बीरेन्द्ररनगर पिपिर नजिकबाट ट्रकसहित चामल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
सुर्खेतदेखि भक्तपुर लिन लागेको सुचनाको आधारमा ट्रक र चालकलार्इ नियन्त्रणमा लिर्इएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालयका सुर्खेतका एसपी राजेन्द्र भट्टले सुर्खेतका ब्यापारीले बाहिरी जिल्ला पठाएको हुन सक्ने बताउनुभयो।
एसपी राजेन्द्र भट्टले २ सय ५० क्विन्टल चामल बराबद गरिसेको भन्दै थप अनुसन्धन भर्इरहेको बताउनुभयो।
उहाँले वीरेन्द्रनगमा रहेको एक व्यापारिक फमले भक्तपुरको फमलार्इ ३० किलो बोरा भएको चामल दिएको बताउनुभयो।
वीरेन्द्रनगरको दुर्गा भगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाएर चामल दिएको प्रहरीको भनार्इ छ ।
दुर्गा भवानी सप्लायर्स नेपाल खाद्य संस्थानको कर्णालीको खाद्यान्न ढुवानीकर्ता व्यापारिक फर्म हो।
दुर्गा भवानी सप्लायर्सले कर्णालीका ६ वटा स्थानमा ढुवानी गर्दै आएको छ।
यसैबीच प्रहरीले सप्लायर्सको वीरेन्द्रनगरमा रहेको गोदामसमेत सिल गरिएको छ।
यती ठूलो परिणाममा बाहिरी जिल्लामा चामल लिन खोजिनु शंकास्पद भएको भन्दै थप अनुसन्धान भर्इरहेको उहाँको भनार्इ छ।