१९ वर्ष मुनिको नेपाली क्रिकेट टोलीले भारत र अफगानिस्तान संग खेल्ने।

0

साउन २३।१९ वर्ष मुनिको नेपाली क्रिकेट टोलीले भारत र अफगानिस्तानको युवा टोलीसंग एकदिवसीय श्रृखला खेल्ने भएको छ।भारतीय क्रिकेट बोर्ड बीसीसीआईले नेपाली युवा टोली एकदिवसीय श्रृखला खेल्न निमन्त्रणा गरेको हो ।भदौ २४ गतेदेखि सुरु हुने प्रतियोगितामा भारत र अफगानिस्तानको १९ वर्ष मुनिको टोलीसँगै भारतकै नेशनल क्रिकेट एकेडेमीको टोली पनि सहभागि हुनेछ। नेपाली युवा टोलीका प्रशिक्षक विनोद दासले बीसीसीआईबाट प्रतियोगिताका निम्तो गरेको भन्दै आफूहरु छलफल मै रहेको बताउनु भयो।युवा टोलीका केहि सदस्य राष्ट्रिय टोलीमा पनि रहेको र लगतै एसिया कपको छनोटकालागि बन्द प्रशिक्षण सुरु हुने भएकाले राष्ट्रिय टिमबाट खेलेका खेलाडीलाई युवा टोलीमा नराख्ने सोच बनाएको उहाँको भनाइ छ ।खेलाडी छनोट के आधारमा गर्ने भन्ने बारे थप छलफल भइरहेको पनि दासले बताउनु भयो।भारतीय क्रिकेट बोर्डले हरेक वर्ष युवा क्रिकेटरको क्षमता विकासकालागि यस्तो प्रतियोगिता आयोजना गर्दै आएको छ।यसपटकको सिरिजलाई १९ वर्ष मुनिको एसिया  कपको तयारीको रुपमा लिएको छ।आगामी अक्टोबरमा बंगलादेशमा हुने १९ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल, भारत, हङकङ, बंगलादेश, पाकिस्तान, श्रीलंका, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्दै छन्।

Share.

About Author

Leave A Reply