१९ वर्ष मुनिको विश्वकप क्रिकेटको एसियाली समुहको छनोट खेलमा अफगानिस्तानसँग नेपालको लज्जास्पद हार।

0

साउन-६ सिंगापुरमा जारी १९ वर्ष मुनिको विश्वकप क्रिकेटकोलागि एसियाली समुहको छनोट खेलमा नेपालले अफ्गानिस्तानसगं १४१ रनको लज्जास्पद हार बेहोरको छ। १९१ रनको लक्ष्य पाएको नेपाल २६ ओभरमा ४९ रनमै समेटिएपनि फराकिलो हार भोग्न बाध्य भयो।नेपालका पवन शर्राफले २६ रन बनाउनु भयो भने अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ४ जना ब्याटस्म्यान शुन्य मै आउट भए । नेपालको इनिङ ध्वस्त बनाउने क्रममा अफगानिस्तानका नबिन उल हकले ह्याट्रिकसहित ४ विकेट लिनुभयो भने र मजिब जद्रानले पनि ४ विकेट हात पार्नुभयो।पहिले व्याटिङ गरेको अफगानिस्तानले खेलमा २ बल बाँकी छँदा अलआउट हुनुपूर्व १९० रन बनाएको हो।नेपालका शहाब आलमले ३ तथा पवन सर्राफ र सन्दीप लामिछानेले २/२ विकेट लिनुभयो।लगातार तीन खेल जितेको अफगानिस्तानको ६ अंक भएको छ भने २ खेल जितेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।विश्वकपमा छनोट हुन नेपालले अब बाँकी रहेको तीन खेलमा सिंगापुर, मलेसिया र अफगानिस्तानलाई हराउनु पर्नेछ।चार टोली सहभागि प्रतियोगितामा सबै टोलीले एक अर्कासँग दुई दुईवटा खेल खेल्ने छन् ।समूहको विजेता मात्रै विश्वकपमा छानिने छ ।

Share.

About Author

Leave A Reply