२०७५- ०७६ को बजेटको समानान्तर वितरण नगरेको भन्दै सांसदहहरुद्वारा असन्तुष्टि।

0

कात्तिक१५ सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५ ०७६ को बजेटको समानान्तर वितरण नगरेको भन्दै सांसदहहरुलले असन्तुष्टि जनाएका छन् ।वार्षिक कार्यक्रम अर्थात रातो किताबमा बजेट वितरण पक्षपातपूर्ण भएको आरोप लगाउँदै बैठकमा सत्तापक्ष दल नेकपा कै सांसदहरुले असन्तुष्टि पोखेका हुन् ।नेपाल कम्यूनिस्ट पार्टीका सांसद पदमबहादुर रोकायाले मन्त्रीले बजेट वितरणमा काखापाखा गरेको आरोप लगाउनुभयो ।यस्तै सांसद पदमा खड्काले समानुपातिक सांसद र प्रत्यक्ष निर्वा्चित भएका सांसदबीच सरकारका मन्त्रीहरूले विभेद गरेको बताउनुभयो ।सांसद विन्दमान विष्टले सरकारले पक्षपात रुपमा बजेट विनियोजन गरेको गुनासो गर्नुभएको भने सांसद ठम्मर विष्टले संसदीय दल गतिशिल नहुँदा दुईतिहाई भएतापनि प्रतिपक्ष संसदमा हाबी भएकोजस्तो देखिएको बताउनु भयो ।सांसद चन्द्रबहादुर शाहीले मन्त्रीहरूले सांसदभन्दा विचौलियाको भरमा योजना बनाई बजेट विनियोजन गरेको आरोप लगाउनुभयो ।सांसद अम्मरबहादुर थापाले प्रदेश सरकार गाविसजस्तो भएको बताउँदै मन्त्रीमुखी बजेट आएको भन्दै कडा आपत्ति जनाउनुभयो ।उहाले बजेटले जनताको जनजीविकाको ध्यान दिन नसकेको आरोप लगाउनुभयो ।यता संसदमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले वितरणमुखी बजेटले कर्णाली प्रदेश समृद्ध नहुने बताउनुभयो ।सांसदहहरुको प्रश्नको जवाफ दिदैँ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रदेश सरकारले कर्णालीलाई नमूना बनाउने सपना देखेर सोही अनुरुप अघि बढेको बताउनु भयो ।यसैबिच बैठकमा कर्णाली प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभा सदस्यहरुको पारिश्रमीक सम्बन्धी विधेयकमाथि छलफल भई संसोधनका लागि ७२ घण्टे समय उपलब्ध गराईएको छ।

Share.

About Author

Leave A Reply